डिफेन्डर बेलानोभा इन्टरमा
बुधबार, २२ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले युवा डिफेन्डर राउल बेलानोभालाई अनुबन्ध गरेको छ ।
इन्टरले २२ वर्षीय डिफेन्डरलाई काग्लियारीबाट लोनमा अनुबन्ध गरेको हो ।
इन्टरले डिफेन्डर बेलानोभालाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
काग्लियारीले डिफेन्डरलाई स्थायी खेलाडीको रुपमा अनुबन्धका लागि इन्टरलाई बिकल्प समेत दिएको छ ।
काग्लियारीका लागि उनले गत सिजन ३१ खेलमा १ गोल गरेका थिए ।
उनी फ्रेन्च क्लब बोर्डूअक्सबाट काग्लियारी आएका थिए ।
राइट ब्याक बेलानोभाले इटालीको उमेर समूहबाट खेलिसकेका छन् ।
डिफेन्डर बेलानोभा इन्टरमा














