महिला युरोकप आजबाट
बुधबार, २२ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप आज बुधबारबाट सुरु हुँदैछ ।
इंग्ल्यान्डमा आयोजना हुने महिला युरोमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
हरेक समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
ओल्ड ट्राफोर्डमा हुने उद्घाटनमा आयोजक इंग्ल्यान्ड र अष्ट्रिया भिड्ने छन् ।
यस पटकको महिला युरोकपमा कीर्तिमानी टिकट बिक्री भएको छ ।
यूईएफएले ५ लाख बढी टिकट बिक्री भएको जनाएको छ ।
यस प्रतियोगितामा कुल ७ लाख टिकट बिक्री गरिने बताईएको छ ।
कुन समूहमा कुन टोली ?
समूह ए - इङल्यान्ड,अस्ट्रिया, नर्वे, नर्दन आयरल्यान्ड
समूह बी - स्पेन, जर्मनी, डेनमार्क, फिनल्यान्ड
समूह सी - स्विडेन,नेदरल्यान्ड्स, पोर्चुगल, स्विट्जरल्यान्ड
समूह डी - फ्रान्स, इटाली, बेल्जियम, आइसल्यान्ड
महिला युरो आजबाट१६ टोली भिड्दै














