इब्राहिमोविच मिलानमै रहने
बुधबार, २२ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्विडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।
इब्राहिमोविचले थप एक वर्ष क्लबमा रहने गरि मिलानसँग नयाँ सम्झौता गर्ने बताईएको छ ।
नयाँ सम्झौता भए इब्राहिमोविच २०२३ सम्म मिलानमा रहने छन् ।
४० वर्षीय फरवार्ड सन् २०१९ मा मिलान आएका थिए ।
तर, इब्राहिमोविच पछिल्लो समय घुँडाको चोटबाट गुज्रिरहेका छन् । उनको चोट ठिक हुन अझै ६/७ महिना लाग्नेछ ।
सन् १९९९ मा माल्मोबाट डेब्यु गरेका इब्राहिमोविचले आयाक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, पीएसजी, म्यानचेस्टर युनाईटेड र लस एन्जल्स ग्यालेक्सीबाट खेलिसकेका छन् ।
इब्राहिमोविच मिलानमै रहने














