काठमाडौं । नेपलीज क्यानडियन क्रिकेट क्लबले क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि 'मिट एण्ड ग्रीट' कार्यक्रमको आयोजना गरेको छ ।
क्यानाडामा रहेका नेपालीहरुले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई भेटघाट गराउन यस कार्यक्रम आयोजना गरिएको नेपलीज क्यानडियन क्रिकेट क्लबका सचिव विनय यादवले जानकारी दिए ।
नेपलीज क्यानडियन क्रिकेट क्लबका अध्यक्ष कीरोज श्रेष्ठले संस्कृतिक कार्यक्रमका साथसाथै नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग नेपाली समुदायहरुसँगको मिट एन्ड ग्रीट कार्यक्रम सफलताको साथ सम्पन्न भएको जानकारी गराए ।
अध्यक्ष श्रेष्ठले एनआरएनए क्यानडा, एम्बेस्सी अफ क्यानडा नेपालले कार्यक्रम आयोजना गर्न सहयोग गरेको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

क्यानडामा रहेको नेपाली टोलीले स्थानीय ओन्टारियो क्रिकेट क्लबसँग दुई अभ्यास खेल खेलिसकेको छ ।
अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ५ र दोस्रो एकदिवसीय जुलाई ६ मा हुनेछ ।
त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।