काठमाडौं । भारतको टेस्ट कप्तान रोहित शर्मा कोभिड-१९ को संक्रमणबाट मुक्त भएका छन्।
पछिल्लो पटक गरिएको परिक्षणमा उनको कोभिड नतिजा नेगेटिभ आएको हो ।
इंग्ल्यान्डविरुद्धको सिरिजका लण्डनमा रहेका रोहितलाई कोभिड देखिएको थियो ।
कोभिड देखिएपछि रोहितले इंग्ल्यान्डविरुद्धको जारी पाँचौं टेस्ट गुमाएका थिए ।
कोरोना संक्रमण देखिएपछि रोहित होटलमा सेल्फ आईसोलेसनमा बसेका थिए ।
अब भारतले रोहितको कप्तानीमा इंग्ल्यान्डविरुद्ध एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
भारतले घरेलु टोलीसँग समान तीन खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ ।
टी-ट्वान्टी सिरिज जुलाई ७ बाट सुरु हुनेछ । एकदिवसीय सिरिज जुलाई १२ बाट सुरु हुनेछ ।