ओन्टारियोविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेल अन्तर्गत ओन्टारियो क्रिकेट क्लबविरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
ओन्टारियोविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । ओन्टारियोले बलिङ गर्नेछ ।
यस दोस्रो अभ्यास खेल टी-ट्वान्टी फर्म्याटको हुनेछ । शुक्रबार राति नेपालले ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो ।
पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।
क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलिरहेको हो ।
नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ५ र दोस्रो एकदिवसीय जुलाई ६ मा हुनेछ ।
त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



