काठमाडौं । स्टुअर्ट ब्रोडको टेस्ट क्रिकेटमा पनि खराब कीर्तिमान बनाएका छन् । फेरी एक पटक भारतीय ब्याट्सम्यानले नै ब्रोडको खराब कीर्तिमान बनाईदिएका छन् ।
भारतका जसप्रित बुमराहले ब्रोडको एक ओभरमा ३५ रन बनाएर नयाँ कीर्तिमान बनाएका छन् । यो टेस्ट इतिहासकै सबैभन्दा महँगो ओभर बनेको छ । बर्मिङ्घमको मैदानमा ३७५ रन बनाएर खेलिरहेको भारतले ९ विकेट गुमाएको अवस्था थियो ।
ब्रोडले भारतीय इनिङको ८४ औं ओभरको बलिङ गरेका थिए । यस ओभरमा उनले १ वाईडमा चौका सहित ५ चौका , १ नो बलमा छक्का सहित २ छक्का तथा अर्को १ रन दिएका थिए । यसअघि टेस्ट क्रिकेटमा कुनै पनि बलरले एक ओभरमा २८ रनभन्दा बढी खर्च गरेका थिएनन् ।
२००७ को टी ट्वान्टी विश्वकपमा युवराज सिंहबाट ब्रोडले नै एकै ओभरमा ३६ रन दिएका थिए । उनले ६ बलमा ६ छक्का दिएका थिए ।