काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य नरेश बुढाऐरले अभ्यास खेलमा नेपाली टोलीविरुद्ध ओन्टारियोको कप्तानी गर्ने भएका छन् ।
नेपाल र ओन्टारियोबीचको खेल नेपाली समय अनुसार बेलुका ८:४५ मा मेपल लिफ मैदानमा हुनेछ । नेपालको सन्दीप लामिछानेले गर्नेछन् ।
नरेश नेपालले २०१४ को टी-ट्वान्टी विश्वकप खेल्दा टोलीका सदस्य हुन् । हाल उनी क्यानडामा रहेका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको क्रिकेट एकेडेमीमा उनी प्रशिक्षकका रुपमा रहेका छन् ।
नेपालका लागि नरेशले ४ टी-ट्वान्टी अन्तराष्ट्रिय र ६ लिस्ट ए खेल खेलेका छन् । नरेशले २०१४ को विश्वकपमा हङकङविरुद्ध टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका थिए ।
नरेशले २०१६ मा नामिबियाविरुद्धको खेलमा अन्तिम पटक नेपालको प्रतित्व गरेका थिए ।
घरेलु क्रिकेटमा त्रिभुवन आर्मीका लागि खेल्ने गरेका थिए ।
क्यानाडा भ्रमणमा रहेको नेपाली टिमले यस पछि क्यानाडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
त्यसपछि नेपाल स्कटल्याण्ड जानेछ । स्कटल्याण्डमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।