काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले रोहित शर्माको कप्तानीमा इंग्ल्यान्डविरुद्धको सिमित ओभरको सिरिजका लागि टिम घोषणा गरेको छ ।
भारतले इंग्ल्यान्डविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टोलीको घोषणा गरेको हो ।
कोभिड संक्रमणको रोहितले इंग्ल्यान्डविरुद्धको टेस्ट भने गुमाउने छन् । टेस्ट टोलीको कप्तानी जस्प्रित बुमराहले गर्नेछन् ।
भारतले घोषणा गरेको एकदिवसीय टोलीमा हार्दिक पाण्डयले स्थान बनाएका छन् । उनले आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिजको कप्तानी गरेका थिए ।

शिखर धवन र रविन्द्र जडेजा पनि एकदिवसीय टोलीमा अटाएका छन् ।
कुलदिप यादव र दिपक चाहर चोटको कारण टोलीबाट बाहिरिएका छन् ।
भारतले घरेलु टोलीसँग समान तीन खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ ।
टी-ट्वान्टी सिरिज जुलाई ७ बाट सुरु हुनेछ । एकदिवसीय सिरिज जुलाई १२ बाट सुरु हुनेछ ।
