बट्लर इंग्ल्यान्डको कप्तान नियुक्त
बिहिबार, असार १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । विकेटकिपर ब्याट्सम्यान जोस बट्लर इंग्ल्यान्डको एकदिवसीय र टी-ट्वान्टी टिमको कप्तान नियुक्त भएका छन् ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले बिहीबार बट्लरलाई कप्तान नियुक्त गरेको हो ।
विश्वकप विजेता कप्तान इयान मोर्गनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेपछि बट्लरले कप्तानीको जिम्मेवारी पाएका हुन् ।
३५ वर्षीय मोर्गनले मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । बट्लर यस अघि उपकप्तान रहेका थिए।
३१ वर्षीय बट्लरको कप्तानीमा इंग्ल्यान्डले जुलाईमा भारतविरुद्ध एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
बट्लर इंग्ल्यान्डको कप्तान नियुक्त










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



