नेपाली अल स्टार्सद्वारा क्यानलाई २१ लाख सहयोग
सोमबार, असार १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अमेरिकामा रहेका पूर्व क्रिकेट खेलाडीहरुको क्लब नेपाली अल स्टार्सले नेपाल क्रिकेट संघ (क्यान) लाई आर्थिक सहयोग गरेको छ ।
नेपाली अल स्टार्सले क्यानलाई दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न २१ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
नेपाली अल स्टार्सका निर्देशक सञ्जय शर्माले सोमबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनसिंहलाई आर्थिक सहयोग हस्तान्तरण गरे ।
क्यानले उक्त रकम दुईदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न खर्च गर्नेछ ।
आर्थिक सहयोग हस्तान्तरण गरेपछि बोल्दै शर्माले दुईदिवसीय क्रिकेट आयोजनाका लागि प्रपोजल आएको र सानो सहयोग गरेको बताए ।
नेपाली अल स्टार्सद्वारा क्यानलाई २१ लाख सहयोग






-1762758084543.jpg&w=3840&q=75)



-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


