१० युवा क्रिकेटरलाई थकाली जिम्बुको छात्रवृत्ति
सोमबार, असार १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । राजधानीस्थित बालुवाटारमा रहेको क्रिकेट एक्स्लिसेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा क्रिकेटरहरुलाई काठमाडौंको प्रख्यात रेस्टुरेन्ट जिम्बु थकालीले छात्रवृत्ति प्रदान गरेको छ ।
व्यवसायको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत रेस्टुरेन्टले १० युवा खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरबीच सोमबार छात्रवृत्तिका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एक्सिलेन्स सेन्टरका तर्फबाट संस्थापक तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र जिम्बु थकालीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रभु शरण थापा मगरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौता अनुरुप क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीहरुले जिम्बु थकालीको तर्फबात एक वर्षको अवधिका लागि छात्रवृत्ति प्राप्त गरेका छन्।
१० युवा क्रिकेटरलाई थकाली जिम्बुको छात्रवृत्ति






-1762758084543.jpg&w=3840&q=75)



-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


