बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय एथलेटिक्स : जयरानी र शिव उत्कृष्ट

आइतबार, १२ असार २०७९खेलपाटी संवाददाता
राष्ट्रिय एथलेटिक्स : जयरानी र शिव उत्कृष्ट
Classic Tech Internet Ad

काठमाडौं । नेपाल एथलेटिक्स संघले आयोजना गरेको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा जयरानी थारु र शिव पार्की उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सकिएको प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबकी जयरानी महिलातर्फ र पुरुषतर्फ एपीएफका शिव उत्कृष्ट चुनिएका हुन् ।  

जयरानीले दुई राष्ट्रिय कीर्तिमानसहित ४ स्वर्ण पदक जितिन् । यस्तै एक रजत पदक प्राप्त गरिन् । जयरानीले १ सय मिटर र ४ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

यस्तै जयरानीले महिला लङजम्प र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जित्दा ४ गुणा ४०० मिटर महिला रिलेमा रजत पदक जितिन् ।

प्रतियोगितामा शिवले ३ स्वर्ण पदक र एक रजत प्राप्त जिते । उनले १ सय मिटर,२ सय मिटर र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण हात पारे । ४ गुणा ४ सय मिटर रिलेमा उनले कास्य पदक जिते ।

उत्कृष्ट चुनिएका जयरानी र शिवले ट्रफी प्राप्त गरे । जयरानीले दुई राष्ट्रिय कीर्तिमान वापत १० हजार नगद प्राप्त गरिन् ।

१ सय १० मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाएका आर्मीका जीवन थारुले पनि ५ हजार प्राप्त गरे ।

प्रतियोगितामा आर्मी टिम च्याम्पियन बन्यो । आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कास्य पदक प्राप्त गर्यो ।

एपीएफ १९ स्वर्ण,६ रजत र ८ कास्यसहित दोस्रो बन्यो ।  बागमती ३ स्वर्ण,२ रजत र ४ कास्यसहित तेस्रो बन्यो ।

चौंथो पुलिसले २ स्वर्ण,३ रजत र ४ कास्य जित्यो ।

कर्णालीले ३ रजत र २ कास्य जित्दा लुम्बिनीले २ रजत र ४ कास्य हात पार्यो ।

गण्डकी र सुदूरपश्चिमले समान १ रजत र १ कास्य हात पार्यो ।

प्रतियोगिता अन्तर्गत आइतबार ३ हजार मिटरमा एपीएफका गोपी चन्द्र पार्की र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक हात पारे ।

गोपीले निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले १० मिनेट ६.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

यस्तै आर्मीका मुकेश पालले ८ मिनेट ३० ससेकेण्डमा पूरा गर्दै रजत पदक जित्दा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले ८ मिनेट ३८.० सेकेण्डको समय निकाल्दै कास्य पदक हात पारे ।

महिला तर्फ स्वर्ण जितेकी सन्तोषीले यस अघि भएको १५ सय मिटरमा समेत स्वर्ण जितेकी थिइन् । ३ हजार मिटर महिलातर्फ पुलिसकी राजपुरा पछाईले १० मिनेट ८.४ सेकेण्डसहित रजत जितिन । कर्णालीकी राममाया बुढाले १० मिनेट ४१.९ सेकेण्डसहित कास्य पदक हात पारिन् ।

४ गुणा ४ सय मिटर रिले महिलातर्फ एपीएफले स्वर्ण पदक जितेको छ । रमिता कुमार थारु, भागरती कुमारी थारु, कल्पना श्रेष्ठ र फूलमती रानाको समूहले आर्मीको टोलीलाई पछि पार्दै स्वर्ण जितेको हो ।

एपीएफको टोलीले निर्धारित दूरी ४ मिनेट ३.१ सेकेन्डेमा पूरा गर्दै स्वर्ण पदक जित निकाल्दा आर्मीले ४ मिनेट ९.३ सेकेन्डको समय निकाल्दै रजत पदक हाँसिल गरेको हो । यस्तै कास्य पदक जितेको बागमती प्रदेशले निर्धारित दूरी ४ मिने ४०.९ सेकेन्डमा पूरा गर्यो ।

आइतबारकै पुरुष तर्फको ४ गुणा ४ सय मिटरमा भने आर्मीले एपिएफलाई पछि पार्दै  स्वर्ण पदक जित्यो । आर्मीको समूहले निर्धारित दूरी ३ मिनेट २०.४ सेकेन्डमा पूरा गरेको हो । रजत पदक जितेको एपिएफको टोलीले निर्धारित दूरी पार गर्न ३ मिनेट २१.९ सेकेन्ड समय खर्चियो । यस्तै पुलिसले निर्धारित दूरी ३ मिनेट ३०.८ सेकेन्ड पूरा गरेर कास्य पदकमा चित्त बुझायो ।

त्रिपल जम्प महिला तर्फको प्रतिस्पर्धामा एपिएफकी शिला चौधरीले स्वर्ण पदक जित्दा पुलिसकी सिम चौधरीले रजत तथा आर्मी की निर्मला थापाले कास्य पदक जिते । शिलाले ११.०४ मिटर जम्प गर्दा सिमाले १०.५२ मिटर र निर्मला थापाले ९.८९ मिटर जम्प गरिन् ।

यस्तै पुरुष तर्फ भने बागमती प्रदेशका भुवन महतोले १३.८२ मिटर जम्प गर्दै विभागीय प्रतिस्पर्धीलाई पछि पारेर स्वर्ण पदक जिते । आर्मीका शेर बहादुर विष्टले १३.५३ मिटर जम्प गर्दै रजत पदक जित्दा सलिम देवानले १३.४४ मिटर जम्प गर्दै कास्य पदकमा चित्त बुझाए ।

डिस्कस थ्रो तर्फको प्रतिस्पर्धामा आर्मीले दुबै महिला र पुरुष तर्फको स्पर्धामा स्वर्ण पदक जित्यो । महिला तर्फको खेलमा आर्मीकी सिता शाहीले ३३.५३ मिटर थ्रो गर्दै स्वर्ण पदक जित्दा पुरुष तर्फ चित्र बहादुर वलिले ३६.८९ मिटर थ्रो गरेर आर्मीलाई स्वर्ण पदक दिलाएका हुन ।

लुम्बिनीकी संगिता अधिकारीले ३३.३८ मिटर थ्रो गर्दै रजत पदक जित्दा आर्मीकी मिलन बुढामगरले ३२.९५ मिटर थ्रो गर्दै कास्य पदकमा चित्त बुझाइन् । यस्तै ३३.१८ मिटर थ्रो गर्दै पुलिसका पुस्कल खड्काले रजत पदक प्राप्त गर्दा ३३.०५ मिटर थ्रो गरेका एपिएफका मिलन चौधरी तेस्रो भए ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, एथलेटिक्स संघका अध्यक्ष राजिव बिक्रम शाह लगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागि थियो।

प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय एथलेटिक्स : जयरानी र शिव उत्कृष्ट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

नवौं एनभीए  च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

नवौं एनभीए च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

मजर भन्छन्– रुकुमलाई उपाधि  जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक