मलेसियालाई हराउँदै युएई च्याम्पियन
शनिबार, असार ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ ।
मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले उपाधि जितेको हो ।
उपाधिसँगै युएई एसिया कप क्रिकेटका लागि छनोट भएको छ । उपविजेता मलेसिया समेत एसिया कपमा छनोट भएको हो ।
मलेसियाले दिएको १ सय १ रनको लक्ष्य युएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
युएईका लागि थिर्था सतिसले ५५ रनको अर्धशतकीय इनिङ खेलिन् । खुसी शर्मा १३ रनमा अविजित रहिन् ।
मलेसियाका मास इलिसा, एइसा इलिसा र निक नुरले १/१ विकेट हात पारिन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १०० रन बनाएको थियो ।
मलेसियाका लागि एन्ना हसिमले अविजित २८ रन जोड्दा नुर अरिनाले अविजित २५ रन बनाईन् । वान जुलियाले २० रन बनाईन् ।
युएईका इन्धुजा नन्दकुमारले २ विकेट हात पारिन् ।
मलेसियालाई हराउँदै युएई च्याम्पियन






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

