फाइनल पुग्न नेपाल र युएई भिड्दै

काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज शुक्रबार नेपालले बलियो टोली युएईको सामना गर्दैछ ।
मलेसियाको किनरारा ओभलमा नेपालले युएईको सामना गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ८:१५ बजे सुरु हुनेछ ।
आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।
नेपाल र युएईबीच यस अघि ३ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुई खेल नेपाल र एक खेल युएईले जितेको छ ।
युएईले समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
युएईले ४ खेलमा ७ अंक जोड्यो । मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो ।
नेपाल समूह 'बी' को उपविजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ४ खेलमा ६ अंक जोडेको थियो ।
नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँडा हङकङसँग पराजित भएको थियो ।
यस समूहबाट हङकङ ८ अंक जोडेर समूह विजेता बनेको थियो ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

