नेपालको सेमिफाइनल प्रतिद्वन्दी युएई

काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बलियो टोली युएईको सामना गर्ने भएको छ ।
युएईले समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
युएईले ४ खेलमा ७ अंक जोड्यो । मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो ।
नेपाल समूह 'बी' को उपविजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ४ खेलमा ६ अंक जोडेको थियो ।
नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँडा हङकङसँग पराजित भएको थियो ।
यस समूहबाट हङकङ ८ अंक जोडेर समूह विजेता बन्यो ।
अब नेपालले सेमिफाइनलमा युएईसँग शुक्रबार खेल्नेछ ।
यस्तै अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।
फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

