काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर रोबर्ट लेवान्डोस्की अनुबन्ध गर्न बायर्न म्युनिख समक्ष ५० मिलियन युरोको प्रस्ताव गर्ने भएको छ ।
बार्सिलोनाले लेवान्डोस्की अनुबन्धका लागि जर्मन क्लबलाई ५० मिलियनको प्रस्ताव गर्ने तयारी गरिरहेको जर्मन मिडियाले जनाएका छन् ।
पोलिस स्ट्राइकर जर्मन क्लब छाड्ने योजनामा रहेका छन् ।
३३ वर्षीय लेवान्डोस्कीले जर्मन क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताईसकेका छन्।
उनले पनि बार्सिलोना जाने इच्छा व्यक्त गरिरहेका छन् ।
बायर्नसँग लेवान्डोस्कीको सम्झौता २०२३ सम्म रहेको छ ।
यता, बार्सिलोना उनलाई क्लब ल्याउन लागिपरेको छ ।
बार्सिलोनाले लेवान्डोस्कीसँग तीन वर्षको सम्झौता गर्ने बताईएको छ ।