मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

कानुनमै नभएको संरचनालाई राखेपको पत्र !

बिहिबार, असार २, २०७९खेलपाटी संवाददाता
कानुनमै नभएको संरचनालाई राखेपको पत्र !
Classic Tech Internet Ad

काठमाडौं । देश संघीय शासन व्यवस्थामा गएको करिब ७ वर्ष पुग्न लाग्यो । तर देशको संघीय खेलकुदको कार्यकारी निकाय राखेपलाई यसको पत्तै छैन ।  

संघीयता मात्र हैन, खेलकुद सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ आएकै दुई वर्ष पुग्न लागिसक्यो तर घरेलु खेलकुदको प्रमुख कार्यकारी निकाय पञ्चायती समयमै छ । 

न राखेप चलाउने नेतृत्वको पारा बदलिएको छ, न काम गर्ने कर्मचारीको चाला । 

खेलकुद ऐन कार्यान्वयनमा आएको दुई वर्षसम्म राखेपले कानमा तेल हालेर बस्यो । अब दुई वर्ष पुरा हुदै गर्दा ऐन कार्यान्वनयको विषयमा राखेपलाई तातो लागेको छ । 

असार १८ पछि अधिकांश राष्ट्रिय संघको वैधानिक हैसियत समाप्त हुने भएपछि राखेपले सबै संघलाई पत्र लेख्दै प्रदेश, जिल्ला र स्थानीय तहमा आफुलाई दर्ता गर्न अनुरोध गर्न थालेको छ । नयाँ ऐनले राष्ट्रिय संघ बन्ने प्रदेश र स्थानीय तहमा संघ दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । 

राखेपको वरपर र विदेश मात्र खेलकुद बुझेका अधिकांश राष्ट्रिय संघलाई प्रदेश र स्थानीय तहमा नगै सुखै छैन । संघीयताले केन्द्रिकृत अधिकार प्रदेश र स्थानीय तहमा मात्र झारेको छैन, खेलकुदलाई समेत स्थानीय तहबाटै आउने व्यवस्था गरेको छ । 

देश संघीयतामा गएको झण्डै ७ वर्ष पुग्न लाग्यो । खेलकुद ऐन २०४७ प्रतिस्थापन गर्दै राष्ट्रिय खेलकुद विकास ऐन आएकै दुई वर्ष नाघ्न थाल्यो । तर राखेपका कर्मचारी र यसको नेतृत्व पञ्चायतकालिन ‘ह्याङ’बाट उत्रन सकेका छैनन् ।  
कानुनमै नभएको खेलकुदको संरचनालाई राखेपले पत्र लेख्दै आवश्यक सहयोग माग गरेको छ । संघीय संरचना अनुसार अहिले ७ प्रदेश गठन भएर सञ्चालनमै आईसके । दोस्रो पटक स्थानीय तहको चुनावै भैसक्यो । अधिकांश प्रदेशले आफ्नै खेलकुदको ऐन बनाएर प्रदेश खेलकुद विकास परिषद्, बोर्ड गठन गरेर खेलकुद सञ्चालन गरिरहेका छन् । 

तर राखेपले अझै पनि पाँच वटै क्षेत्रीय खेलकुद विकास समितिका नाममा पत्र लेख्न छाडेको छैन । 

जेठ २० गते राखेपबाट पत्राचार गरिएको पत्रमा पाँच वटा क्षेत्रीय खेलकुद विकास समिति, बागमती प्रदेश खेलकुद परिषद्, लैनचौर र कर्णाली प्रदेश खेलकुद परिषद्, सुर्खेतलाई भन्दै पत्र लेखिएको छ । 

मधेश प्रदेश बाहेक अन्य सबै प्रदेशमा प्रदेश खेलकुद विकास परिषद् गठन भएर खेलकुदको संरचना सञ्चालनमा आइसकेको छ ।

‘कुनैपनि कानुनमा क्षेत्रीय खेलकुद विकास समित भन्नेनै छैन । नेपालको प्रचलित कानुनमा कतैपनि यो संरचना देखिएको छैन ।’ प्रदेश खेलकुद परिषद्का एक सदस्य सचिव भने, ‘कहाँ पठाएको हो, कसरी पठाएको हो केही थाहा छैन । हुदै नभएको संरचनालाई सम्बोधन गरेर राखेपले पत्र लेखेको छ ।’ 

ऐन कार्यान्वयनमा आएको दुई वर्षसम्म चुपचाप बसेको राखेप र राष्ट्रिय संघलाई यतिबेला चटारो सुरु भएको छ । असार १८ पछि अधिकांश संघ अवैधानिक हुने भएपनि राखेपले सबै संघलाई पत्र लेख्दै प्रदेश र स्थानीय तह अनुसार जिल्ला संरचना दर्ता गर्न निर्देशन दिएको छ ।

अब संघहरु खेलकुद ऐन अनुसार प्रदेश र जिल्लामा दर्ता हुन जानुपर्ने बाध्यता छ । त्यही कारण प्रदेश र जिल्लाको संरचना बनाउन आउने संघलाई आवश्यक समन्वय गरिदिन भन्दै राखेपले हुदै नभएको क्षेत्रीय खेलकुद विकास समिति र प्रदेशलाई पत्र लेखेको हो । 

‘राखेपले पत्र लेख्दै पर्दैन । ऐनलेनै कार्यान्वयनमा आएको दुई वर्षभित्र राष्ट्रिय संघहरु प्रदेश र जिल्लामा दर्ता हुनेछन् भनेर स्पष्ट व्यवस्था गरेको छ । केन्द्रले कानुननले प्रदेश संघ, प्रदेश कानुन अनुसार दर्ता हुनेछन् भनेर लेखिदिएको छ । अब संघहरुले प्रदेशको कानुन पढेर जिल्ला र प्रदेशको संरचना बनाउनुपर्छ ।’ ती सदस्य सचिवले भने । 

Bajaj Pulsar Motorcycle Ad
#कानुन संरचना

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति