एकदिवसीय अन्तराष्ट्रियमा आदीलको डेब्यु
शनिबार, जेठ २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालका युवा ब्याट्सम्यान आदील अन्सारीले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती-११ मा पर्दै आदीलले एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका हुन् ।
नेपालका कप्तान सन्दीप लामिछानेले आदीललाई डेब्यु क्याप दिए ।
आदील एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गर्ने नेपालका ३२ औं खेलाडी हुन् ।
अमेरिकाविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने छ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
एकदिवसीय अन्तराष्ट्रियमा आदीलको डेब्यु








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)