शनिबार, १२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

पोखरा स्पोटर्स अवार्डको तयारी स्वरुप भेला आयोजना

शनिबार, २८ जेठ २०७९खेलपाटी संवाददाता
पोखरा स्पोटर्स अवार्डको तयारी स्वरुप भेला आयोजना
Classic Tech Internet Ad

पोखरा ।  छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु भएको छ । आगामी असार १८ गते शनिबार हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरियो ।

नेपाल पत्रकार महासंघ कास्कीको हलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने सुझाब दिए ।

भेलाले अवार्ड कार्यक्रमलाई भव्य बनाउन सह–संयोजक तथा विभिन्न उपसमिति चयन गरेको छ । जसअनुसार मञ्चका अध्यक्ष दीननाथ बराल संयोजक रहेको मुल आयोजक समितिको सह–संयोजकमा उपाध्यक्ष सुरज श्रेष्ठलाई चयन गरियो ।

मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा प्रतिभा छनोट समिति गठन गर्ने निर्णय भेलाले गरेको छ । समितिको सह–संयोजकमा सन्देश श्रेष्ठ, सदस्यमा विजय नेपाल र पदेन सदस्यमा मञ्च अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल रहेका छन् । उत्कृष्ट खेल पत्रकार छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेललाई चयन गरियो । सो उपसमितिको सदस्यमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र सन्देश श्रेष्ठ रहेका छन् ।

मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ । वैदेशिक समन्वय उपसमितिको संयोजकमा पूर्व अध्यक्ष केशव पाठक र सह–संयोजकमा सुर्दशन रञ्जित तथा सदस्यमा उमेश पुन चयन भएका छन् । मञ्चका कोषाध्यक्ष कविता घर्ती मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति निर्माण गरिएको छ । जसको सह–संयोजकमा एम वि आस्था मगर र सदस्यमा शशी कुमार पौडेल तोकिएका छन् ।

यसैगरी संघ संस्था समन्वय उपसमिति संयोजकमा मञ्चका कार्यसमिति सदस्य नारायण शाही तथा सह–संयोजकमा राजु गिरी चयन भएका छन् । प्रचार प्रसार समितिको संयोजकमा मञ्चका महासचिव राजाराम पौडेल र सह–संयोजकमा मञ्चका सचिव शशी कुमार पौडेललाई चयन गरियो । कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा मन क्षेत्री तोकिए । यसैगरी सदस्यमा उमा आले मगर र लक्ष्मी जिसी रहेका छन् । भिडियो तथा फोटो व्यवस्थापन उपसमितिको संयोजकमा उमेश पुन तथा सह–संयोजकमा दीपक मुल्मी चयन भए । केही उपसमिति छिट्टै गठन गरिने र उपसमितिलाई पुर्णता दिने जिम्मा संयोजकलाई दिइएको अध्यक्ष बरालले बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको भेलाको सञ्चालन महासचिव राजाराम पौडेलले गरेका थिए ।

 विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर पोखरा सभागृह हलमा हुने पोखरा स्पोटर्स अवार्ड कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्नेछ ।

Bajaj Pulsar Motorcycle Ad
पोखरा स्पोटर्स अवार्डको तयारी स्वरुप भेला आयोजना

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

Bajaj Pulsar Motorcycle Ad
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

 १५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

१५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

कोशीले आर्मीलाई सकेन

कोशीले आर्मीलाई सकेन

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

एपीएफसामु मधेश स्तब्ध !

एपीएफसामु मधेश स्तब्ध !