स्वदेश फर्किए यू-१९ महिला क्रिकेट टिम
शनिबार, जेठ २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि मलेसिया गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएका छन् ।
नेपाली क्रिकेट टोली शुक्रबार राति नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।
छनोटमा नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो । नेपालले ५ खेलमा ६ अंक जोड्दै तेस्रो स्थान हासिल गरेको थियो ।
छनोटबाट युएईले यू-१९ विश्वकपमा स्थान बनाएको छ ।
युएईले शीर्ष स्थान हासिल गर्दै दक्षिण अफ्रीकामा आयोजना हुने यू-१९ को विश्वकपमा स्थान पक्का गरेको हो ।
स्वदेश फर्किए यू-१९ महिला क्रिकेट टिम








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)