काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाले गेनारो गाटुसोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
भ्यालेन्सियाले दुई वर्षका लागि गाटुसोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
४४ वर्षीय इटालियन प्रशिक्षक २०२१ मा इटालियन नापोली छाडेपछि क्लब विहिन रहेका थिए ।
उनी त्यसबीचमा इटालियन क्लब फियोरेन्टिनाका मुख्य प्रशिक्षक बनेका थिए ।
तर, मुख्य प्रशिक्षक नियुक्त भएको २३ दिन पछि उनले क्लब छाडेका थिए ।
एसी मिलानका पूर्व प्रशिक्षक गाटुसो २०२४ सम्म भ्यालेन्सियामा रहने छन् ।
गत सिजन भ्यालेन्सिया ला लिगाको नवौं स्थानमा रहेको थियो ।