काठमाडौं । फ्रेन्च फरवार्ड एलेसान्द्रे लाकाजेटले फ्रेन्च क्लब लियोनमा अनुबन्धित भएका छन् ।
लियोनले शुक्रबार लाकाजेटलाई अनुबन्धित गरिएको जनाएको छ ।
लाकाजेटले लियोनसँग तीन वर्षको सम्झौता गरेका छन् ।
उनी २०२५ सम्म लियोनमा रहने छन् ।
३१ वर्षीय लाकाजेट पाँच वर्ष इंग्लिस क्लब आर्सनलमा बसेर लियोन फर्किएका हुन् ।
लाकाजेट २०१७ मा लियोनबाटै आर्सनल आएका थिए ।
आर्सनलका लागि उनले २ सय ६ खेल खेल्दै ७१ गोल गरेका थिए ।
लाकाजेटले आर्सनलका लागि एफए कप र कम्युनिटी शिल्ड जितेका थिए ।