काठमाडौं । श्रीलंकाका विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गाका भाइलाई जेल सजाय सुनाइएको छ ।
श्रीलंकाको एक अदालतले जबरजस्ती फिरौती मुद्दामा प्रसन्न रानातुङ्गालाई दुई वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि एक व्यापारीलाई धम्की दिएको आरोप छ ।
आफ्नो कप्तानीमा सन् १९९६ को विश्वकप क्रिकेट जित्ने महान क्रिकेटर अर्जुन रणतुङ्गालाई यो समाचारले ठूलो झट्का लागेको छ ।
अर्जुन रणतुङ्गाका भाइ प्रसन्न रणतुङ्गा श्रीलंका सरकारमा मन्त्री भइसकेका छन् । उनीविरुद्ध सन् २०१५ मा मुद्दा दर्ता भएको थियो । जसमा व्यापारीलाई पैसा असुल्ने धम्की दिएको आरोप थियो ।
श्रीलंकाको एक अदालतले प्रसन्न रानातुङ्गालाई दुई वर्षको जेल सजाय सँगै २५ लाख जरिवाना पनि तिर्नुपर्ने सजाय सुनाएको हो । यति मात्र होइन, प्रसन्न रणतुङ्गाले धम्की दिएका व्यापारीलाई १० लाख पनि दिनुपर्नेछ । यस मुद्दामा प्रसन्न रानातुङ्गाकी श्रीमतीलाई भने सफाइ दिइएको छ, उनीमाथि पनि आरोप लागेको थियो ।
श्रीलंकाको आर्थिक अवस्था नाजुक छ र दिनप्रतिदिन स्थिति खराब हुँदै गइरहेको बेला यो सबै भएको हो ।
अर्जुन रणतुङ्गा सन् १९९६ मा श्रीलंका टोलीको कप्तान थिए, जब श्रीलंकाले फाइनल खेलमा अष्ट्रेलियालाई हराएर विश्वकप जितेको थियो । श्रीलंकाले अहिलेसम्म एउटा मात्र विश्वकप जितेको छ । उसले एक टी–२० विश्वकप पनि जितेको छ ।