• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फुटबलका 'टार्जन' बेल : खेलाडी एक किस्सा अनेक
खेलपाटी संवाददाता
सोमबार, जेठ २३, २०७९ खेलपाटी संवाददाता
फुटबलका 'टार्जन' बेल : खेलाडी एक किस्सा अनेक

काठमाडौं । यो ग्यारेथ बेलको कहानी हो । यो लेख तयार भईरहदा बेलले आफ्नो राष्ट्र वेल्सलाई ६४ वर्षपछि पहिलो पटक विश्वकपमा छनोट गराईसकेका छन् । आज हामी ब्रिटिश साम्राज्यका एक महान खेलाडीका बारेमा थाहा नभएका तथ्यहरुको बारेमा कुरा गर्नेछौँ ।

वेल्सको बारेमा भन्ने हो भने, ग्यारेथ बेल स्वतः यो इतिहासको महत्वपुर्ण हिस्सा हुन्छन् । प्ले अफ सेमिफाइनलमा अष्ट्रियाविरुद्धको खेल जिताएपछि उनले १० हप्तामा  मुस्किलले २२ मिनेट मात्र फुटबल खेलेका होलान ।  जहाँसम्म रियल मड्रिडको सवाल छ, उनी पक्कै अब पूर्व खेलाडी बनेका छन् । तर, जब वेल्सको कुरा आउँछ, ग्यारेथ बेल अझै पनि त्यही खेलाडी हुन् जसको उपस्थितिले मात्र पनि वेल्सलाई 'औषत टोली' भन्दा बढी बनाउँछ ।

जोन चार्ल्स वा रायन गिग्स, इभोर अल्चर्च वा इयान रश, यी हस्तीहरु आफ्नो व्यक्तिगत सफलताको लागि प्रख्यात छन् । उनीहरु मध्ये कसैले पनि वेल्स जर्सीमा बढी सफलता हासिल गरेका छैनन् । ग्यारेथ बेलले उनीहरुबाट प्रेरणा लिए । वेल्सलाई युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्म पुग्न र ६४ वर्षपछि पहिलो पटक विश्वकपमा छनोट हुन आफैले प्रेरित गरे । नेतृत्व गरे ।

बेलले देशका लागि पछिल्लो ६ वर्षमा जति सफलता हासिल गरे अब भन्न सकिन्छ कि उनी वेल्सका सर्वकालीन महान खेलाडी हुन् ।

ग्यारेथ बेलको पूरा नाम ग्यारेथ फ्र्यांक बेल हो ।  उनको जन्म १६ जुलाई १९८९ मा वेल्सको राजधानी कार्डिफमा भएको थियो ।  उनकी आमा डेबि बेल स्थानीय अप्रेसन म्यानेजर थिइन् भने बुवा एक स्थानीय स्कुलमा 'केयरटेकर' को काम गर्थे ।

उनले व्हिचर्चको एग्ल्विस न्यूयड प्राइमरी स्कूलमा पढे । सिक्स ए साइड प्रतियोगिता खेल्ने क्रममा उनलाई ९ वर्षको उमेरमा साउथह्याम्पटनको स्काउट्सले देखेको थियो । कार्डिफ सिटीका पूर्व खेलाडी क्रिस पाइक उनका भतिजा हुन् । बाल्यकालमा बेलको मनपर्ने खेलाडी म्यानचेस्टर युनाइटेड लिजेन्ड रायन गिग्स थिए । 

बेलले उच्च शिक्षा कार्डिफको व्हिचर्च हाई स्कूलबाट लिए । उनी  फुटबलमा मात्र नभई रग्बी, हक्की र अन्य खेलकुदमा पनि राम्रो प्रदर्शन दिन्थे । १४ वर्षको उमेरमा ग्यारेथ ११.४ सेकेन्डमा १०० मिटर स्प्रिन्ट दौड्न सक्थे। उनको अचम्मको फुटबल कौशलको कारण, स्कूलको शारीरिक व्यायाम शिक्षक ग्वेन मोरिसले ग्यारेथको लागि विशेष नियमहरू बनाएका थिए । बेलले वन-टच फुटबल मात्र खेल्ने र आफ्नो मनपर्ने बायाँ खुट्टा प्रयोग गर्न नपाउने नियम थियो । व्हिचर्चमा हुँदा, बेलले बाथमा साउथह्याम्प्टनको एकेडेमीबाट प्रशिक्षण लिए । यद्दपी बेलको उचाइको कारणले छात्रवृत्ति दिनुपर्ने हो कि भन्ने शंका उनीहरूलाई थियो ।

Image

बेलले आफ्नो व्यावसायिक करियर साउथह्याम्प्टनका लागि खेल्दै सुरु गरे, लेफ्ट ब्याकको रूपमा ।  फ्रि-किक विशेषज्ञको रूपमा उनले प्रतिष्ठा प्राप्त गरिरहे । सन् २००७ मा टोटेनहम हटस्परमा गएपछि, उनको भूमिका थप बढ्यो । अब उनी फ्ल्यान्कमा चितुवा जस्तै दौडिन थाले गोलको लागि । चट्टान झैँ अडिक रहेर खेल्ने उनको स्वभाव थियो । उनले घरेलु र युरोपमा दमदार प्रदर्शनको स्ट्रिङ राखे जसले अन्य ठुला क्लबहरूको ध्यान आकर्षित गर्‍यो । रियल मड्रिडबाट फोन आयो ।

बेल २०१३ मा टोटनह्यामबाट १ सय ११ मिलियन डलर ट्रान्सफर शुल्कमा रियलमा आबद्ध भए । त्यसपछि बाँकी इतिहास बनिसकेको छ ।

 उनले स्पेनिस क्लबका लागि २ सय ३८ खेल खेले, १०६ गोल गरे र  ६७ असिस्ट दिए । कीर्तिमानी ६ पटक 'वेल्स वर्ष खेलाडी' बनेका बेलले वेल्सको लागि उमेर समूह यू-१७, १९ , २१ मा खेले र सन् २००६ मा सिनियर टोलीको लागि डेब्यु गरे त्योबेला उनी मात्र १६ वर्षका थिए ।

बेलले आफ्नो २७ औं जन्मदिनको अवसरमा प्रेमिका एम्मा रही जोन्ससँग इन्गेजमेन्ट गरे । उनीहरुबीच स्कुलको दिन देखिनै माया प्रेम थियो । उनीहरुका ३ सन्तान छन् । 

बेल आफ्नो लामो कपाल र विशेष स्टाइलले चर्चामा आइरहन्छन । सन् २०१६ को अक्टोबरमा वेल्सले जर्जियासँग १-१ को बराबरी खेलेको थियो । सोहि खेलमा अचानक ग्यारेथ बेलको लामो कपाल खुल्यो र काँधमा फिजियो । त्यहि दिनबाट बेललाई 'टार्जन' उपनामले चिनिन्छ । एक खेलमा बार्सिलोनाविरुद्ध बाँया खुट्टाले जोड सँग शट प्रहार गर्दै विश्व प्रसिद्द गोल गरेका उनलाई त्यसबेला देखि  'द क्यानन' भनेर पनि चिनिन्छ ।

सन् २०१२ को लन्डन ओलम्पिकमा खेल्न उमेरको मापदण्ड पूरा गरेका बेलले मे २०११ मा ग्रेट ब्रिटेन ओलम्पिक फुटबल टोलीका लागि 'म ओलम्पिक खेल्न चाहन्छु' भनेका थिए । उनी १००% वेल्स नागरिक हुन् साथै ब्रिटिश पनि हुन । तर, जुन २०१२ को अन्त्यमा, बेल ढाडको चोटका कारण प्रतियोगिताबाट बाहिरिए । 

बेलले आफ्नो दशक लामो करियरमा 'एडिडास' र 'ईए स्पोर्ट्स' जस्ता धेरै विश्वव्यापी कम्पनीहरूमा लगानी गरेका छन् । उनी लियोनल मेस्सीसँगै ईए स्पोर्ट्सको सबैभन्दा लोकप्रिय खेल, 'फिफा १४' को कभरमा थिए । उनी लगानीबाट वर्षेनी १० मिलियन पाउण्ड कमाउछन् ।

बेलको अर्को मोह गल्फमा छ । गल्फमा उनी तीन वा चारको ह्यान्डिक्याप खेल्छन् । उनले २०२० मा एरिक एन्डर्स लाङसँग मड्रिडको गल्फ सान्टान्डरमा सिक्स-होल खेल खेले । तीन वा चारको ह्यान्डिक्यापको अर्थ वेल्स स्टार औषतभन्दा माथिका एमेच्योर गल्फर हुन् ।  उनी अझै पनि प्रोफेसनल जत्तिकै राम्रो भने छैनन् ।

'फुटबल मेरो नम्बर १ खेल हो । म यसको लागि समय निकाल्ने गर्छु र म सधैं आफ्नो उत्कृष्ट दिन्छु । गल्फ एक सोख हो जस्तो अरूको पनि सोख हुन्छ त्यस्तै,' बेलले २०१९ मा भनेका थिए ।

बेलको वेल्समा रहेको आफ्नो घरमा तीन प्वालको गल्फ कोर्स छ । यो २०१८ मा निर्माण गरिएको थियो । 

 Gareth Bale net worth 2022: How much does he get from Real Madrid and  Adidas? | Marca

नोभेम्बर २०१९ मा, बेल र उनका अन्तर्राष्ट्रिय टोलीका साथीहरूले 'वेल्स-गल्फ-मड्रिड-त्यस क्रममा' लेखिएको वेल्स झण्डासहित उत्सव मनाउँदै गरेको फोटो सार्वजनिक भयो । त्यसबेला देखि नै मड्रिडको बोर्ड र क्लबका समर्थकसँग उनको सम्बन्ध चिसियो । कालान्तरमा चोटले पनि उनलाई सताउदै गयो । 

बेलले कोभिड महामारीको प्रारम्भिक चरण, अप्रिल २०२० मा वेल्स र स्पेनका अस्पतालहरूलाई १० लाख युरो दान दिएका थिए र आफ्नो देशमा अन्य परोपकारी संस्थाहरूलाई पनि सहयोग गरेका थिए । फलस्वरूप : ग्यारेथ बेल लाई बेलायती महारानीको जन्मदिन अवसरमा  फुटबल र परोपकारी सेवाको लागि प्रतिष्ठित एमबीई अवार्ड प्रदान गरियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्टेगनले गरे ढाडको शल्यक्रिया
स्टेगनले गरे ढाडको शल्यक्रिया
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्टेगनले गरे ढाडको शल्यक्रिया
स्टेगनले गरे ढाडको शल्यक्रिया
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP