• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
अन्तिम हुन सक्छ, अलमुताईरीको कुवेत यात्रा
हेम राज हमाल
बुधबार, जेठ ११, २०७९ हेम राज हमाल
अन्तिम हुन सक्छ, अलमुताईरीको कुवेत यात्रा
राष्ट्रिय फुटबल टिमको बिदाईमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी । फोटो : खेलपाटी

काठमाडौं । एसिया कप छनोट खेल्न राष्ट्रिय फुटबल टिम बुधबार साँझ कतार प्रस्थान गर्दैछ । नियमित कप्तान किरण चेम्जोङ सहित सिनियर ११ खेलाडीलाई बाहिर राख्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कतार भ्रमणमा निस्कदैछन् । नेपालले कुवेतमा एसिया कप छनोटको तीन खेल खेल्नेछ । 

पछिल्लो विवाद र सार्वजनीक प्रतिवेदन अनुसार प्रशिक्षक अलमुताईरीको कुवेत यात्रा अन्तिम हुने ठानिएको छ । विवादका अनेकन श्रृङ्खलासँग जोडिएका अलमुताईरीलाई हटाउन र उनको विकल्प खोज्ने एन्फाद्धारा गठिन छानविन समितिले सिफारिस गरिसकेको छ ।

समितिले एसिया कप छनोट लगत्तै मुख्य प्रशिक्षकको विकल्प खोज्न एन्फालाई सिफारिस गरिसकेपछि बुधबारको कुवेत यात्रानै नेपालको राष्ट्रिय फुटबलका लागि अलमुताईरीको अन्तिम यात्रा मानिएको छ । 

छानविन समितिको प्रतिवेदनमा भनिएको छ, ‘एकै पटक ९ जना खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयको पनि अवश्य केही क्रुटी छन् । मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि विदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद तथा सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी जस्ता कृयाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ । यस्तो अवस्थामा भविष्यमा अरु समस्या उब्जने प्रवल सम्भावनालाई समेत नकार्न सकिदैन । तसर्थ, एसिया कप छनोट प्रतियोगितापछि कतार एफएसँगको सहययोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ ।’ 

एफसी कप छनोटको तयारी सुरु गर्दै गर्दा मुख्य प्रशिक्षक अलमुताईरीले नेपाल एसिया कपमा छनोट हुन नसक्ने उद्घोष गरिसकेका छन् । नेपाली फुटबलको स्तर निकै तल रहेको बताउँदै उनले एसिया कपको सपना नदेख्न समर्थक तथा फुटबलकर्मीलाई उनले आग्रह गरेका थिए । खेल अगावै हात उठाएको भन्दै उनको आलोचना भएको थियो । 

राष्ट्रिय फुटबल टिमको जिम्मेवारीमा आएपछि अलमुताईरी चर्चाको शिखरमा आएका थिए । खेलाडीको आत्मविश्वास बढाउन, संरक्षण गर्न र साफको फाईनल यात्रा तय गराउन उनले महत्वपुर्ण भुमिका खेलेका थिए । सुरुवाती दिनमा खेलाडीको हक हित र अधिकारको पक्षमा देखिने अलमुताईरी पछिल्लो समय आफै सर्वेसर्वा जसरी प्रस्तुत हुने गरेका थिए । खेलाडीलाई मानसीक यातना दिने, राष्ट्रिय टिमबाट निकाल्ने बारम्बार धम्की दिने, खेलाडीलाई परिवार, समर्थक, प्रशंसकसँग टाढा राख्ने, मिडियामा बोल्न रोक लगाउने, खेलाडीमाथि अनावश्यक नियन्त्रण जमाउने गतिविधिले उनी समस्यामा परेका थिए । 

प्रशिक्षणको क्रममा राम्रो होटलमा राख्न माग गरेकै कारण उपकप्तान रोहित चन्द सहित सिनियर खेलाडीलाई उनले बन्द प्रशिक्षणबाट निकालेका थिए । एन्फाको राजनीतिलाई फुटबल टिमभित्र घुसाएर अनावश्यक हस्तक्षपमा उत्रिएका अलमुताईरीको एसिया कप छनोट खेल्ने कतार यात्रालाई अन्तिम मानिएको छ ।

राष्ट्रिय टिमको जिम्मेवारी पाउने बित्तिकै अलमुताईरीले वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा बाहेक अन्य नेतृत्वसँग काम नगर्ने बताएका थिए । एन्फा चुनावको संघारमा छ । अध्यक्षका दाबेदार पंकजबिक्रम नेम्वाङ नेतृत्वमा आए अलमुताईरी राष्ट्रिय टिमको जिम्मेवारी पाउने सम्भावना उत्तिकै पनि कमनै छ ।

शेर्पानै नेतृत्व दोहरिएको खण्डमा पनि बारम्बार विवादमा तानिएका प्रशिक्षकको विकल्प खोज्नुपर्ने चुनौती उनीसँग रहनेछ । वर्तमान प्रशिक्षकबाट भविष्यमा अरु ठुलो समस्या उब्जने भएकाले कतार एफएसँग सहमती कायम गरेर अलमुताईरीको विकल्प खोज्नुपर्ने प्रतिवेदन सार्वजनीक भैसकेको छ । 

कतार फुटबल संघले नेपाली फुटबलको विकासमा सहयोग गर्न भन्दै मुख्य प्रशिक्षकको रुपमा अलमुताईरीको तलबमा सहयोग गर्ने गरेको छ । नेपालको राष्ट्रिय टिमको जिम्मेवारीमा रहेबापत अलमुताईरीले कतारबाट १० हजार बढी अमेरिकी डलर प्राप्त गर्छन् । अखिल नेपाल फुटबल संघले पनि यातायात र सञ्चारका लागि भन्दै दुई हजार डलर अलमुताईरीलाई उपलब्ध गराउँदै आएको छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP