काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
बायर्नले शनिबार सिजनको आफ्नो अन्तिम खेलमा उल्फ्सवर्गसँग २-२ गोलको बराबरी खेलेको हो ।
खेलमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा बायर्न बराबरीमा रोकिएको हो ।
खेलको १७ औं मिनेटमा जोसीपले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।
तर, खेलको ४५ औं मिनेटमा जोनास विन्डले गोल गर्दै उल्फ्सवर्गलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा म्याक्स क्रुसले गोल गर्दै उल्फ्सवर्गलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै बायर्नले ३४ खेलमा ७७ अंक जोडेर सिजनको अन्त्य गरेको छ । बायर्नले उपाधि भने तीन खेल अगाबै जितेको थियो ।
उल्फ्सवर्ग ४२ अंक जोडेर १२ औं स्थानमा रह्यो ।