काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले पूर्व स्ट्राइकर सर्जियो अग्युरोको सालिक स्थापना गरेको छ ।
सिटीले अग्युरोको सम्मानमा घरेलु मैदान इतिहादमा सालिक स्थापना गरेको हो ।
सिटीले शुक्रबार सालिकको अनावरण गरेको छ।
यस अघि सिटीले भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको सालिक स्थापना गरेको थियो ।

अर्जेन्टिनाका स्ट्राइकर अग्युरोले खेल जीवनबाट सन्यास घोषणा गरिसकेका छन् ।
गत सिजन अग्युरोले सिटी छाड्दै बार्सिलोनामा अनुबन्धित भएका थिए।
सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका थिए ।
अग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।
अग्युरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
अग्युरोले सिटीका लागि मुख्य १५ उपाधि जितेका थिए ।
