काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले क्लबसँगको सम्झौता नवीकरण नगर्ने भएका छन्।
लेवान्डोस्कीले सम्झौता सकिएपछि क्लबलाई नवीकरण नगर्ने जानकारी गराएको स्काई स्पोर्ट्सले जनाएको छ ।
पोलिस स्ट्राइकर लेवान्डोस्की क्लब छाड्ने योजनामा रहेका छन् ।
उनले बार्सिलोना जाने इच्छा व्यक्त गरिसकेका छन् ।
बायर्नसँग लेवान्डोस्कीको सम्झौता २०२३ सम्म रहेको छ ।
३३ वर्षीय स्ट्राइकर २०१४ मा बोरुसिया डर्टमण्डबाट बायर्न आएका हुन् ।