काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ ।
टोटेनहमले बिहीबार राति १० खेलाडीमा समेटिएको आर्सनललाई ३-० गोल अन्तरले हराएको हो ।
टोटेनहमको जितमा ह्यारी केनले दुई गोल गरे ।
खेलको २२ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
खेलको ३३ औं मिनेटमा रोब होल्डीङले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटियो ।
३७ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ४७ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३-० को जित दिलाए ।
जितसँगै टोटेनहमले ३६ खेलमा ६५ अंक जोडेको छ ।
टोटेनहम पाँचौं स्थानमा रहेको छ ।
आर्सनल ६६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।