काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाले ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
भिल्लाले कोउटिन्होलाई स्पेनिस क्लब बार्सिलोनाबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
२९ वर्षीय मिडफिल्डरले भिल्लासँग २०२६ सम्मको सम्झौता गरेका छन् ।
भिल्लाले २० मिलियन युरोमा कोउटिन्होलाई अनुबन्ध गरेको हो ।

यस सिजन कोउटिन्होले लोनमा भिल्लाबाट खेलिरहेका थिए ।
कोउटिन्होले भिल्लाका लागि ४ गोल र ३ असिस्ट गरिसकेका छन् ।
कोउटिन्हो २०१८ मा लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोना आएका थिए ।