फाबिन्होले एफए कप फाइनल गुमाउने
बिहिबार, २९ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । लिभरपुलका मिडफिल्डर फाबिन्होले एफए कप फुटबलको फाइनल खेल गुमाउने भएका छन् ।
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले फाबिन्होले एफए कप फाइनल गुमाउने पुष्टि गरेका छन् ।
लिभरपुलले एफए कपको फाइनलमा चेल्सीको सामना गर्नेछ । वेम्बली स्टेडियममा हुने फाइनल खेल शनिबार हुनेछ ।
ब्राजिलियन मिडफिल्डर फाबिन्होले प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाविरुद्धको खेलमा चोट बोकेका थिए । उनले ह्यामस्ट्रिङको चोट बोकेको बताईएको छ ।
यस्तै फाबिन्होले प्रिमियर लिग अन्तर्गत बाँकी दुई खेल गुमाउने छन् ।
फाबिन्होले एफए कप फाइनल गुमाउने






-1775932166938.webp&w=3840&q=75)





