काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाले ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्ने भएको छ ।
भिल्लाले कोउटिन्होलाई स्थायी खेलाडीको रुपममा अनुबन्ध गर्न बार्सिलोनासँग सहमति गरिसकेको बताईएको छ ।
कोउटिन्हो लोनमा भिल्लाबाट खेलिरहेका छन् ।
२९ वर्षीय मिडफिल्डर यसै सिजनका लागि लोनमा प्रिमियर लिग आएका हुन् ।
कोउटिन्हो २०१८ मा लिभरपुलबाट स्पेनिस क्लब आएका हुन् ।