आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

युभेन्ट्स रह्यो, रित्तो हात

बिहिबार, २९ बैशाख २०७९खेलपाटी संवाददाता
युभेन्ट्स रह्यो, रित्तो हात
Loading ad...
mustang rice ad

काठमाडौं । कोही अगाडि बढ्नु भन्नुको अर्थ कोही पछाडि पर्नु त हो । यस सिजन इटालीको फुटबलमा मिलानका दुई क्लबको वर्चश्व चलिरहेको छ । सिरी ए को उपाधि कि त एसी मिलानले जित्ने छ, होइन् भने इन्टर मिलानले । बलियो त अहिलेसम्म एसी मिलान नै देखिएको छ । तर इन्टर पनि के कम र ? उसले भर्खरै कोपा इटालियन जितेको छ । इटालीको फुटबल भन्नु नै मिलानका क्लब विरुद्ध टुरिनका क्लबबीचको भिडन्त हो । टुरिन भन्नाले युभेन्ट्स ।

त्यसको बीचमा उपाधिका लागि टक्कर दिने भनेका रोम र नेपल्सका क्लब न हुन् । यस सिजन मिलानका क्लबको बलियो देखिनु भन्नुको अर्थ युभेन्ट्स कमजोर हुनु पनि त हो । खासमा कुरा यही हो, इन्टरले कोपा इटालिया जित्नुको अर्थ, युभेन्ट्स यो सिजन रित्तो हात रहनु हो । फाइनलमा अग्रता लिएर पनि युभेन्ट्सले इन्टरलाई रोक्न सकेन् । यसको अर्थ एक दशक भन्दा बढी समयपछि इन्टर पहिलो पल्ट पूरा एक सिजन उपाधि विहीन रहनु परेको छ ।

नत्र त युभेन्ट्सलाई प्रत्येक सिजन केही न केही जित्ने बानी थियो । लिगमा त उसको एक छत्र राज थियो, त्यो पनि पोहोरको सिजन तोडियो । कम्तीमा उसले कोपा इटालिया जितेको थियो, अब त्यो पनि गुमेको छ । त्यसैले अब सबैले भन्न थालेका छन्, सायद युभेन्ट्स अब त्यस्तो रहेन्, जस्तो पहिले रहने गरेको थियो । अनि अब युभेन्ट्सलाई इटालीमा केही जित्न पनि सजिलो हुने छैन्, किन भने इटालीतिर पनि त प्रतिस्पर्धा चर्को हुन थालेको छ ।

युभेन्ट्स इन्टरको हातबाट कोपा इटालियाको फाइनलमा के हारेको थियो, सबै एकै पल्ट हाम फालेर सन् २०१०–२०११ को सिजन पुगेका थिए, जति बेला यो क्लबले केही जितेको थिएन् । त्यति बेला सिरी ए मा युभेन्ट्स सातौं स्थानमा रहेको थियो भने कोपा इटालियाको क्वाटरफाइनलमै रोकियो । उसले त्यो सिजन युरोपा लिग खेलेको थियो र समूह चरणभन्दा माथि पुग्न सकेन् । त्यति बेला प्रशिक्षक थिए, जिगी डेलनेरी । त्यति बेलाको युभेन्ट्सलाई अहिलेसम्मकै सबैभन्दा खराव टिम मानिन्छ ।

अब यस पल्टको युभेन्ट्सलाई के भन्ने त ? जति बेला इतिहास लेखिनेछ, सायद यो टिमलाई पनि उत्तिकै खराव मानिनेछ र बारम्बार त्यही २०१०–२०११ को टिमसँग दाँज्ने प्रयास हुनेछ । खासमा त्यो सिजन लगतै युभेन्ट्सले एन्टोनिया कोन्टेलाई प्रशिक्षक नियुक्त गरेको थियो र टिमले त्यसपछि त लगातार नौ पल्ट लिग जितेको थियो । कोन्टेले युभेन्ट्स टिम पूरापूर पुर्ननिर्माण गरेका थिए । अहिलेको युभेन्ट्सको कमजोर प्रदर्शनको सिलसिला चलेको पनि अहिले तत्काल होइन् ।

प्रशिक्षकमा आन्ड्ेर पिर्लो आएयता नै टिमको प्रदर्शन तलमाथि हुन थालेको थियो, तर कम्तीमा टिमले केही न केही उपाधि जितिरहेको थियो । तर यसपल्ट त खराव नै भयो । क्लबमा अझै पनि उम्दा प्रशिक्षक छन्, मासिमिलिनो एलेग्रीका रूपमा । तर यिनै प्रशिक्षक पनि खस्कदो युभेन्ट्समा केही गर्न सकेनन् । अब त सिजन पनि अन्त्यतिर छ । तय छ, युभेन्ट्सभित्र टिम कसरी उकास्ने भनेर चर्काचर्की पर्नेछ र केही न केही न केही उपाय निस्केन छ ।

आखिरमा यो ‘ओल्ड लेडी’ त्यसै चुप लागेर बस्न सक्ने क्लब त होइन नै ।

–एजेन्सीको सहयोगमा ।

Loading ad...
LiNing Ad
युभेन्ट्स रह्योरित्तो हात

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल