काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले इल्चेलाई हराएको छ ।
बुधबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई २-० ले हराएको हो ।
एट्लेटिकोलाई जित दिलाउन माथ्युएस कुन्हा र रोड्रिगो डी पाउलले एक एक गोल गरे ।
खेलको २८ औं मिनेटमा कुन्हाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा रोड्रिगोले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
जितसँगै एट्लेटिकोले ३६ खेलमा ६७ अंक जोडेको छ ।
एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।
इल्चे ३९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।