काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
चेल्सीले बुधबार राति भएको खेलमा लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हराएको हो ।
खेलको चौंथो मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
२४ औं मिनेटमा ड्यानीएल जेम्सले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटियो ।
खेलको ५५ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए ।

जितसँगै चेल्सीले ३६ खेलमा ७० अंक जोडेको छ ।
चेल्सी तेस्रो स्थानमा रहेको छ ।
लिड्स ३४ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
अर्को खेलमा लेस्टर सिटीले नर्विचलाई ३-० ले हराएको छ ।
एभर्टन र वाट्फोर्डले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।