काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
सिटीले बुधबार राति भएको खेलमा उल्भ्सलाई ५-१ गोल अन्तरले हराएको हो ।
उल्भ्सको मैदानमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनले ४ गोल गरे । रहिम स्ट्रर्लिङले एक गोल थपे ।
उल्भ्सका लिन्डर डेनडोनकरले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा केभिनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए ।
११ औं मिनेटमा लिन्डरले गोल गर्दै उल्भ्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको १६ औं मिनेटमा केभिनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।
२४ औं मिनेटमा केभिनले ह्याट्रिक पूरा गर्दा सिटी ३-१ ले अघि रह्यो ।
खेलको ६० औं मिनेटमा केभिनले व्यक्तिगत चौंथो गोल गरे ।
त्यसपछि खेलको ८४ औं मिनेटमा रहिमले गोल गर्दा सिटी ५-१ ले विजय भयो ।
यस जितसँगै सिटील ३६ खेलमा ८९ अंक जोडेको छ ।
सिटी शीर्ष स्थानमा रहेको छ ।
उल्भ्स ५० अंक जोडेर आठौं स्थानमा रहेको छ ।