काठमाडौं । इंग्लिस क्लब वाट्फोर्डले रोब एड्वार्ड्सलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
वाट्फोर्डले बुधबार रोबलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
यस सिजन सकिएपछि उनी क्लबमा सामेल हुने छन् ।
मुख्य प्रशिक्षक रोय हड्सनले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने छन् ।
वाट्फोर्ड यस सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ ।