बार्सिलोनाको जित, रोनाल्ड गम्भीर घाइते

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित सेल्टा भिगोलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा मेम्फिस डिपेले ३० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४१ औं मिनेटमा पिएरे एम्रिक अबुमेयाङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
खेलको ४८ औं मिनेटमा अबुमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए ।
५० औं मिनेटमा सेल्टाको इयागो आसपसले गोल गरेपनि बार्सिलोना ३-१ ले विजयी भयो ।
खेलको ५८ औं मिनेटमा जेइसन मुरिलोले रातो कार्ड पाएपछि सेल्टा १० खेलाडीमा समेटिएको थियो ।
यस्तै खेल दौरान बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरुजोले गम्भीर चोट बोकेका थिए ।
आफ्नै टोलीका गाभीसँग हेड गर्ने क्रममा टाउको जुद्धा रोनाल्ड बेहोस भएर मैदानमा ढलेका थिए । मैदानमा प्राथमिक उपचारपछि उनलाई अस्पताल लगिएको थियो । उनको अवस्था खतरामुक्त रहेको क्लबले जनाएको छ ।
&w=707&quality=100)
यस जितपछि बार्सिलोनाले ३६ खेलमा ७२ अंक जोडेको छ ।
बार्सिलोना दोस्रो स्थानमा रहेको छ ।
सेल्टा ४३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।














