लिभरपुलको उपाधि होड कायमै
बुधबार, बैशाख २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल लिभरपुलले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ गोल अन्तरले हराएको हो ।
एस्टनको मैदानमा लिभरपुलले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको तेस्रो मिनेटमा डुग्लास लुइजले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, छैटौं मिनेटमा जोएल माटिपले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।
यस जितसँगै लिभरपुलले उपाधि होड कायम राखेको छ ।
लिभरपुलले ३६ खेलमा ८६ अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
एस्टन ४३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
लिभरपुलको उपाधि होड कायमै














