काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा स्ट्राइकर एर्लिङ हालाण्ड अनुबन्ध गर्ने पक्का भएको छ ।
सिटीले मंगलबार हालाण्ड अनुबन्धका लागि जर्मन क्लब बोरुसिया डर्टमण्डसँग सैदान्तिक सहमति बनेको जनाएको छ ।
सिटीले हालाण्ड जुलाई १ बाट सिटीको खेलाडी हुने जनाएको छ ।
पछिल्लो समय सिटी स्ट्राइकरको खोजीमा रहेको थियो ।
सर्जियो अग्युरोले छाडेपछि सिटी स्ट्राइकर विहीन रहेको थियो ।
हालाण्डको अनुबन्धले सिटीमा अग्युरोको अभावलाई पूर्ति गर्नेछ ।
सिटीले हालाण्डसँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ ।
२१ वर्षीय हालाण्ड २०२० मा आरबी साल्जवर्गबाट डर्टमण्ड आएका थिए ।