काठमाडौं । अफ्रिकन च्याम्पियन्स लिगको फाइनल खेल मोरक्कोमा हुने भएको छ ।
आयोजक सेनेगलले नाम फिर्ता लिएपछि फाइनल खेल मोरक्कोमा हुने भएको हो ।
फाइनल खेल आगामी मे ३० मा हुनेछ ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा अल अह्ली, एस सेटिफ, व्यडाड एसी र पेट्रो डी लउन्डा प्रतिस्पर्धा गरिरहेका छन् ।