काठमाडौं । सानेपा क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा मंगलबार सानेपाले रानीबारी स्पोर्ट्स क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको ४१ औं मिनेटमा दिपक बिकले गोल गर्दै रानीबारीलाई अग्रता दिलाएका थिए ।
६८ औं मिनेटमा विवस मगरले पेनाल्टीबाट गोल गर्दै सानेपालाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ८२ औं मिनेटमा खेम राज तामाङले गोल गर्दै सानेपालाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा रबिन बमले गोल गर्दै सानेपालाई ३-१ को जित दिलाए ।
जितसँगै सानेपा तेस्रो स्थानमा उक्लिएको छ ।
सानेपाले ७ खेल १३ अंक जोडेको छ ।
रानीबारीले ७ खेलमा ७ अंक जोडेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।