काठमाडौं । इंग्लिस क्लब चेल्सीको अध्यक्षमा ब्रुस बक नै रहने भएका छन् ।
चेल्सीमा नयाँ मालिक आएपनि बक नै क्लबको अध्यक्ष रहने भएका हुन् ।
अमेरिकी बिलिनियर्स टोड बोहलीले चेल्सी खरिदका लागि सम्झौता गरिसकेका छन् ।
बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी खरिद गरेको हो ।
तर, यस सम्झौतालाई प्रिमियर लिग र बेलायत सरकारले अनुमोदन गर्नु पर्नेछ ।
रुसी नागरिकलाई बेलायतमा प्रतिबन्द लागेपछि मालिक तथा रसियन अर्बपति रोमन अब्रामोविचले चेल्सी बेचेका हुन् ।
रोमनले २००४ मा चेल्सी किनेका थिए ।