काठमाडौं । कंगोका अन्तराष्ट्रिय फुटबल खेलाडी जोडी लुकोकीको निधन भएको छ ।
डच क्लब आयाक्सका पूर्व विंगर लुकोकीको २९ वर्षको उमेरमा निधन भएको हो ।
उनको मृत्युको कारण खुलेको छैन ।
हालै उनले डच क्लब एफसी ट्वीन्टीसँग सम्झौता रद्द गरेका थिए । लुकोकीले गत जुनमा क्लबसँग दुई वर्षको सम्झौता गरेका थिए । तर, पारिवारिक कारण देखाएर उनले सम्झौता रद्द गरेका हुन् ।
उनले कंगोका लागि ३ खेल खेलेका थिए ।