काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा छैटौं जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार स्पोर्ट्स एकेडेमी संघलाई १-० ले हराउँदै झापाले छैटौं जित निकालेको हो ।
झापाको जितमा विशाल तामाङले निर्णायक गोल गरे ।
उनले खेलको ८६ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै झापा शीर्ष स्थानमा उक्लिएको छ ।
झापाले ७ खेल १९ अंक जोडेको छ ।
स्पोर्ट्स एकेडेमीले ७ खेलमा ५ अंक जोडेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।