काठमाडौं । स्वयम्भू क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा पहिलो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार समाज कल्याण खेलकुद केन्द्रलाई २-० गोल अन्तरले हराउँदै स्वयम्भूले पहिलो जित निकालेको हो ।
स्वयम्भूको जितमा विजयी श्रेष्ठ र नरेश राईले एक एक गोल गरे ।
जितसँगै स्वयम्भूले ७ खेलमा ६ अंक जोडेको छ ।
स्वयम्भू दशौँ स्थान उक्लिएको छ ।
समाज कल्याण १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।