काठमाडौं । नर्वेजियन युवा स्ट्राइकर अर्लिङ हालाण्ड इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्ध हुने पक्का भएको छ ।
एथलेटिक्स युकेले जर्मन क्लब बोरुसिया डर्टमण्डका हालाण्ड र सिटीबीच अनुबन्धको लागि सहमति बनेको जनाएको छ ।
सिटीले यसै हप्ता हालाण्डलाई सार्वजनिक गर्ने एथलेटिक्स युकेले जनाएको छ । सिटीले हालाण्डसँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ ।
२१ वर्षीय हालाण्ड २०२० मा आरबी साल्जवर्गबाट डर्टमण्ड आएका थिए ।