काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा बायर्नले स्टुटगार्टसँग २-२ गोलको बराबरी खेलेको हो ।
बायर्नको मैदानमा आठौं मिनेटमा टोमसले गोल गर्दै स्टुटगार्टलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ३५ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४४ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ५२ औं मिनेटमा सासाले गोल गर्दै स्टुटगार्टलाई २-२ को बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै बायर्नले ३३ खेलमा ७६ अंक जोडेको छ ।
शीर्ष स्थानको बायर्नले यस अघि नै उपाधि जितिसकेको छ ।
खेलपछि बायर्नलाई उपाधि ट्रफी समेत प्रदान गरिएको थियो ।
स्टुटगार्ट ३० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
