काठमाडौं । एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा भेरोनालाई ३-१ गोल अन्तरले हराउँदै मिलान शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको ३८ औं मिनेटमा डाभिड फारोनीले गोल गर्दै भेरोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर,पहिलो हाफको इन्जुरी समयमा सान्ड्रो टोनालीले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४९ औं मिनेटमा सान्ड्रोले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा एलेसान्ड्रो फ्लोरेन्जीले गोल गर्दै मिलानलाई ३-१ को जित दिलाए ।
यस जितसँगै मिलानले ३६ खेलमा ८० अंक जोडेको छ ।
मिलान दोस्रो स्थानको इन्टर मिलान भन्दा २ अंकले अघि रहेको छ ।
भेरोना ५२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।